नेतृ झाँक्रीलाई विना शर्त रिहा गर्न माग गर्दै नेता पौडेलले भने-“सरकारको अधिनायकवादी चरित्र उदाङ्गो”

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ,नेकपा ( दाहाल–नेपाल समूह ) की नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले आज पक्राउ गरेपछि नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विना शर्त रिहाईको माग गरेका छन् । उनले सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत वरिष्ठ नेता पौडेलले यस्तो लेखेका छन् । उनले सरकारले संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि नाङ्गो हस्तक्षेप गरेको पनि बताए ।

सामाजिक सञ्जाल फेसबुकमार्फत वरिष्ठ नेता पौडेलले यस्तो लेखेका छन्

उनले रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको घटनाको आफूले घोर भत्सर्ना गर्ने र विना शर्त रिहा गरिनुपर्ने माग गरेका छन् । उनले लेखेका छन्–”सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर आफ्नाे अधिनायकवादी चरित्र उदाङ्गाे पारेकाे छ । संविधानले व्यवस्था गरेकाे नागरिककाे अभिव्यक्ति स्वतन्त्रता माथि नाङ्गो हस्तक्षेप गरेकाे छ। त्यसैले रामकुमारी झाँक्रीलाई पक्राउ गरिएकाे घटनाकाे म घाेर भत्सर्ना गर्दछु विना शर्त रिहा गरियोस् !”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..