नेतृ झाँक्री पक्राउपछि थापाको टिप्पणी : सरकार झ्यालखानाको संख्या थप,त्रासले सत्य बोल्ने मुख बन्द हुदैन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी , नेकपा ( प्रचण्ड–नेपाल समूह ) की नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गरिएपछि नेपाली कांग्रेसका युवा नेता तथा पूर्वस्वास्थ मन्त्री गगन थापाले आक्रोश व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै थापाले सत्य बोल्नेहरू धेरै भएकाले झ्यालखानाको संख्या थप्न भनेका छन् ।

उनले लेखेका छन्, ‘कर्तव्य निर्वाह गर्न छाडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा, अहिले राष्ट्रपति ! सरकार झ्यालखानाको संख्या थप, किनकि सत्य को पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन ।’

झाँक्रीलाई महानगरीय अपराध महाशाखा काठमाडौंले आज दिउँसो पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३१ शंखमूलस्थित झाँक्रीको घरमा नै आएर प्रहरीले पक्राउ पूर्जी थमाएको थियो । पक्राउ पूर्जी पाएपछि झाँक्रीले गिरफ्तारी दिएकी छन् ।

पक्राउ पूर्जीमा उल्लेख छ, ‘तपाईंलाई राज्य विरुद्धका कसूर अन्तर्गत दफा ५८ को कसूरको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नुपरेकोले यो पूर्जी जारी गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..