नेतृ रामकुमारी झाँक्रीलाई भेट्न नेताहरु श्रेष्ठ र भट्टराई अपराध महाशाखामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी , नेकपा ( प्रचण्ड–माधव समूह ) का प्रवक्ता नारायणकाजी श्रेष्ठ र योगेश भट्टराईले नेतृ रामकुमारी झाँक्रीलाई विनासर्त रिहा गर्न माग गरेका छन्। नेतृ झाँक्री पक्राउको विरोधमा नेकपा अध्यक्ष प्रचण्ड समूहका नेता कार्यकर्ताले प्रदर्शन गरिरहेको अपराध अनुसन्धान महाशाखा मीनभवन पुगेका

श्रेष्ठले अहिले प्रहरीले नेतृ झाँक्रीसँग औपचारिकरूपमा कुरा गरिरहेको र छिट्टै छुट्ने विश्वास व्यक्त गरे।

अपराध महाशाखाले के भन्यो त? भन्ने पत्रकारको प्रश्नमा श्रेष्ठले माथिको निर्देशनअनुसार राज्यविरुद्धको कसुरमा सोधपुछ गर्न बोलाएको जवाफ दिएको बताएका छन्।

‘राज्यविरुद्धको कसुरविरुद्ध पुर्जी जारी गरिएको रहेछ, उनले भने ‘हामीले प्रहरी अधिकारीहरूसँग कुरा गर्‍यौँ। उहाँहरूले त केन्द्रको आदेश पालना गर्ने नै कुरा भयो। उनले थपे, ‘हाम्रो कुरा त के हो भने ‘नेपाली जनताले धेरै ठूलो बलिदानीपुर्ण संर्घष गरेर प्राप्त गरेको लोकतान्त्रिक अधिकार, संविधानप्रदत्त अधिकारमाथि अपहरण हो, सर्वसत्तावादी, निरंकुशतावादको यो नांगो अभिव्यक्ति हो।’

नेता योगेश भट्टराईले भने ‘हामी यो गिरफ्तारीको घोर भर्त्सना गर्दछौँ र तत्काल अविलम्ब बिना सर्त रिहा गर्न माग गर्दछौँ।’ उनले सर्वसत्तावादी, निरंकुशतावादी फासिष्ट गतिविधि बढाउँदै लगिए आन्दोलन अझ बढी सशक्त बनाउनुको कुनै विकल्प नरहेको पनि बताए। साथै उनले आफूहरूले हर हालतमा लोकतन्त्रको रक्षा गरेरै छाड्ने जिकिर पनि गरेका छन्।

यसअघि उनले विज्ञप्ति जारी गर्दै झाँक्रीको गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको उल्लेख गरेका थिए।  

प्रेस विज्ञप्ति

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..