नेतृ झाँक्रीको गिरफ्तारीपछि आक्रोशित युवाले गृहमन्त्री बादलको राजीनामा मागे

काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी , नेकपा ( प्रचण्ड – नेपाल समूह ) कि नेत्री रामकुमारी झाँक्रीको पछि आक्रोशित युवाहरुले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा मागेका छन् ।

शंखमुलस्थित झाँक्रीको निवासबाट नाराबाजी गर्दै बानेश्वर चोकतर्फ निस्केका युवाहरुले रामकुमारी झाँक्रीलाई रिहाईको माग गर्दै गृहमन्त्रीको राजीनामा मागेका हुन् । आक्रोशित युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि नाराबाजी गरेका छन् ।

नेपाल प्रहरीले झाँक्रीलाई राज्यविरुद्धको कसुर अन्तरगत पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको आरोपमा उनलाई राज्यविरुद्धको अभियोग लगाइएको हो ।

राज्यविरुद्धको कसूर दफा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिएमा राज्यविरुद्धको कसूर मानिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..