काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी , नेकपा ( प्रचण्ड–माधव समूह ) की नेतृ रामकुमारी झाँक्रीलाई आज प्रहरीले प्रक्राउ गरेको छ । नेतृ झाँक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो ।
झाक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि झाँक्रीको निवासमा भेला भएका नेकपा कार्यकर्ताले नारावाजी चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।
झाक्रीमाथि राष्ट्रपतिको मर्यादामा आँच पुर्याउने अभिब्यक्ति दिएको सरकारी पक्षको आरोप छ ।
पक्राउ पर्नुअघि उनले लोकतन्त्रको उपहास भएको प्रतिक्रिया दिइन । उनले भनिन्, ‘नागरिकले सडकमा विद्रोहको भाषा बोल्न नपाउने भन्ने हुँदैन । तानाशाहहरु ढल्ने बेलामा यस्तै हुन्छ, निभ्ने बेलाको बत्ति जस्तै हो ।’ सउनले प्रतिगमनविरुद्ध लडिरहने पनि बताइन् ।