नेतृ रामकुमारी झाँक्रीको घर वरिपरि घुमुवा प्रहरीको घेरा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य तथा निवर्तमान सांसद रामकुमारी झाँक्रीको बानेश्वरस्थित घर वरिपरि प्रहरीले घेरा हालेको छ । घरभित्रै गएर नियन्त्रणमा नलिई निस्कनाथ लिन प्रहरी तयारी अवस्थामा बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा नेतृ झाँक्रीलाई प्रहरीले नियन्त्रणमा लिन लागेको हो ।


झाँक्रीले गोरखामा राष्ट्रपति विद्या भण्डारीलाई बडामहारानीको संज्ञा दिंदै भनेकी थिइन्–‘राष्ट्रपतिका कुरा त के गर्नु, म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु निर्वाचनको तयारीका लागि सुविधा छाडेर आउनुस् । शीतलनिवास छाडेर पहिला कोटेश्वर आउनुस्, चावहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु,’ झाँक्रीले भनेकी थिइन्–‘होइन भने बालकोटै गए पनि हुन्छ ।’


यो अभिब्यक्तिपछि झाँक्रीलाई कारबाही गर्न माग गर्दै ओली निकट अनेमसंघले माघ २१ मा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।


महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले झाँक्रीलाई सोधपुछका लागि बोलाइएको वा ल्याउन लागिएको बताएका छन् ।
झाँक्रीलाई ल्याउन बिहीबार बिहानैदेखि उनको घरमा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..