सार्वजनिक सम्पत्ति हडप्नेलाई नछाड्ने अख्तियार प्रमुख राईको प्रतिबद्धता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सार्वजनिक सम्पत्ति हडप्नेलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अख्तियर दुरुपयोग अनुसंधान आयोगको ३० औं वार्षिकोत्सवको अवसरमा बुधबार काठमाडौंमा भएको कार्यक्रममा प्रमुख आयुक्त राईले सार्वजनिक सम्पत्ति संरक्षणका लागि जुनसुकै व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘ठूलो सानो भनेर विभेद हुँदैन, अनुसन्धानको दायरामा ल्याइन्छ ।’

राईले मालपोत, राहदानी, यातायात, राजश्वलगायतका सार्वजनिक सेवाका क्षेत्रमा हुने अनियमितता र भ्रष्टाचार रोक्न सुक्ष्म अध्ययन अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । उहाँले केन्द्रसहित आयोगका ८ वटै कार्यालयले द्रुत कार्य गरिरहेको उल्लेख गर्नुभयो ।

अख्तियारले गत वर्ष इतिहासमै सबैभन्दा बढी ४४१ मुद्दा विशेष अदालतमा दायर गरेको जानकारी दिँदै विकास निर्माण, बजेट खर्चलगायतमा हुने भ्रष्टाचारमा अख्तियारको चासो उत्तिकै रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

लहान । मधेस प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदीले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न..