ओलीलाई प्रचण्डको चुनौती- जनताको आक्रोश र पीडालाई नबुझे सिंहदरबार र बालुवाटार घेर्न आउनेछन्

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी , नेकपा ( प्रचण्ड–माधव समूह ) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली ठगी धन्दामा लागेको बताएका छन् । प्रम ओलीको प्रतिगामी कदमको विरोधमा आयोजित बृहत सभालाई सम्बोधन गर्दै प्रचण्डले ओलीले माधव नेपाल र आफु लगायतका धेरै नेताहरुलाई झुठ कुरा गरेर र ढाँटेर गल्ती गरेको बताए । उनले ओलीको प्रतिगामी कदम पछिको अवस्था सर्वोच्च अदालत र न्यायाधीशहरुले समेत हेरेको भन्दै सर्वोच्च अदालतले न्याय, संविधान र लोकतन्त्रको पक्षमा फैसला गर्ने विश्वास रहेको बताए । 

‘लाखौं जनताको उपस्थिति सर्वोच्च अदालतका न्यायाधीशले पनि राम्रोसँग देख्नुभएको छ । जनताले के चाहेका छन्, यो जनभावनालाई हेर्नुभएको छ र ढिलो नगरी लोकतन्त्र र संविधानको पक्षमा फैसला दिनुहुनेछ’ प्रचण्डको भनाई छ । उनले जनताको भावनाविपरित केही काम गरियो भने दूर्भाग्य हुने चेतावनी पनि दिए । ‘शान्तिपूर्ण आन्दोलन विद्रोहमा गयो भने के हुन्छ ?’अध्यक्ष प्रचण्डको प्रश्न छ । 

उनले आफुहरु कानुनी राज्यको मान्यतामा दृढ रहेको भन्दै त्यसैका लागि नयाँ संविधान बनाइएको बताए ।  ‘नेपालको लागि कस्तो संविधान बनायो भने राजनीतिक स्थयित्व र जनताको हित हुन्छ भनेर बनाइएको हो । यदि त्यसो भएन भने आँधी आउँछ हुरी चल्छ’ प्रचण्डको चेतावनी छ । प्रचण्डले ओलीलाई चेतावनी दिँदै भने, ‘म केपीलाई भन्छु–अर्को पटक दस लाख जनता लिएर सिंहदरवार र बालुवाटार घेर्नुनपरोस् ।’ 

उनले राममन्दिर र अयोध्या बनाउने हो भने अनुसन्धान गरेर गर्न ओलीलाई चुनौती दिँदै भने, ‘तपाईंका नाटक तीन वर्षमा मैले चिने । पुरातात्विक अनुसन्धान गराउनुस्, मेरो विरोध छैन तर, तपाईंले ठुलो गल्ती गर्नुभयो केपीजी ।’  उनले गलत व्यक्तिका हातमा नेतृत्व गएको भन्दै अब त्यस्तो हुन नदिने बताए ।

उनले केपीले भूमिसम्बन्धी आयोग बनाएर षड्यन्त्र गरेपनि त्यसले माखो नमार्ने बताए । ‘म तपाईंहरुको अगाडि फेरि एक पटक प्रतिज्ञा, संकल्प फेरि दोहोर्याउन चाहान्छु । मेरो जीवन र मेरो समकक्षी नेताको जीवनमा यो देशलाई सुन्दर, शान्त र विशाल, विकसित र सम्मृद्ध बनाउनुबाहेक हाम्रो कुनै सपना छँदैछैन, हुनै सक्दैन’ प्रचण्डको भनाई छ । उनले बाँकी रहेको जीवन प्रधानमन्त्री र कुर्सीका लागि नभई जनताका लागि समर्पित गर्ने बताए ।

उनले प्रधानमन्त्री ओलीले निर्वाचन आयोगलाई धम्की दिएको भन्दै आयोगका केही मानिस अलि डराएको बताए । ‘तर लक्षण निर्वाचन आयोगले राम्रो देखाएको छैन । ७० प्रतिशत हाम्रो पक्षमा छ तर ओलीले धम्क्याउँदैमा तपाईंहरुको पनि खुट्टी देखियो । ढाई सय वर्ष पुरानो सामन्ती सासन फाल्ने केपी ओली होइन, खेलाची नठाने हुन्छ । देशलाई दुःख दिने काम कसैले गर्नुहुदैन । निर्वाचन आयोग खुट्टा नकमाउ, ठगी धन्दाको पछि नलाग’ प्रचण्डले आयोगलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..