भष्ट्रचारविरुद्ध कडा रुपमा प्रस्तुत हुन अख्तियारलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्ष भएर काम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिनु भएको छ । उहाले राज्यका कुनै पनि निकायले सरकारको दबाव खेप्नुनपर्ने बताउदै निष्पक्ष भएर काम गर्न निर्देशन दिनु भएको हो ।

आयोगको ३० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अख्तियारको स्थापना नै निष्पक्षरूपमा अनुसन्धान गरेर भ्रष्टाचारीलाई कानूनी कारबाही गराउनु रहेकोले सरकारले त्यसमा सहयोग गर्ने तर हस्तक्षेप नगर्ने बताए ।

कतिपय व्यक्तिमा सरकारले जे भन्यो अख्तियारले त्यही गर्छ भन्ने भ्रम रहेको भन्दै प्रधानमन्त्रीले अख्तियारलाई सरकारको लाचार छायाँ बन्न नदिने प्रष्ट्याए । ‘संविधान र जनतालाई शिरमा राखेर अगाडि बढ्नुहोस् । भ्रष्टाचारी जोसुकै होस् दण्डित गर्न सरकारले अवरोध गर्नेछैन । अख्तियार स्वतन्त्र छ, हामी यसो गर उसो गर भन्दैनौं’, ओलीले भने ।

नेपाललाई भ्रष्टाचारीको देशकारूपमा स्थापित गराउन केही संस्था र सञ्चारमाध्यम सक्रिय रहेको भन्दै ओलीले त्यस्तो प्रयास विफल पारिने बताए । ‘भ्रष्टाचार नगर्नेलाई पनि हिलो छ्याप्नैपर्ने प्रवृत्ति नेपालका सञ्चारमाध्यमहरुमा देखिएको छ । केही संस्थाहरू नेपालमा भ्रष्टाचारीबाहेक कोही जन्मदैन भन्ने पुष्टी गर्न लागेका छन् । यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्छ ।’,प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले अख्तियारको काम हालसम्म सन्तोषजनक रहेको बताउँदै भ्रष्टाचार गर्ने मात्रै नभई भ्रष्ट मनोवृत्ति राख्ने मान्छेसमेत अख्तियारसँग तर्सिएको बताए । ओली सरकार भ्रष्टाचार नियन्त्रणका प्रतिबद्ध रहेको र त्यस्तो प्रतिबद्धता ‘ओठे’ नभएको बताए । ‘सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशील छ । यो कुनै लिप सर्भिस होइन, व्यवहारबाटै त्यसको पुष्टी गर्दैछौं’, उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..