सवारी दुर्घटनामा २ जनाको मृत्यु


बिराटनगर । मोरङ र झापामा सोमवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मोरङको बेलवारी नगरपालिका-१ मा सोमवार दिउँसो को ९ प ७१८८ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिंदा घाईते भएकी स्थानीय १७ बर्षीया कल्पना लिम्बुको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । स्कुटर चालक बेलवारी-४ का २७ बर्षीय अनमोल बस्नेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यसैगरी झापाको गौरिगञ्ज गाउँपालिका-९ मा को १३ प २०४० नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक गौरादह नगरपालिका-९ का ३९ बर्षीय पुरुषोत्तम फुँयलको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

लहान । मधेस प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदीले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न..