बैतडीमा २० बर्षीया छोरीलाई गोली हानी हत्या गरेर बुबा फरार

बैतडी । बैतडीमा आज बेलुका बाबुले गोली हानी छोरीको हत्या गरेका छन् । जिल्लाको पुर्चौडी नगरपालिका–१० विजयपुरका ६५ वर्षीय धनबहादुर महराले २० वर्षे छोरी बेलमती महरा (धामी)को गोली हानी हत्या गरेका हुन् ।

शनिबार बेलुका ५ बजे घरमै गोली हानी छोरीको हत्या गरेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । “छोरीको हत्या गरेर बुवा फरार रहेका छन्”, उहाँले भन्नुभयो, “घटना भएको सूचना पाएपछि पुरघाट प्रहरी चौकीबाट टोली खटिएको छ, थप कुरा आउन बाँकी छ ।”

घटनामा भरुवा बन्दुक प्रयोग भएको प्रहरीले जनाएको छ । घटनापश्चात फरार रहेका महराको खोजीकार्य तीब्र पारिएको छ । विवाहित छोरी एक महिनादेखि माइतमै बसीरहेकी बुझिएको छ । महराले छोरीमाथि किन गोली चलाए भन्ने खुल्न सकेको छैन । – रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..