सहायक सुचकको हत्यामा संलग्न ७ जना अभियुक्त पक्राउ


बाँके । नेपालगंज उपमहानगरपालिका-१८ घर भई राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेमा सहायक सुचक पदमा कार्यरत २७ वर्षीय प्रविण थापा मगरको हत्यामा संलग्न ७ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुमा नेपालगंज उपमहानगरपालिका-१८ लग्दहवा ठेगाना भएका कर्की भन्ने २४ वर्षीय दिनेश कुमार कुर्मि (बर्मा), सोही ठाउँ बस्ने सुर्खेत गुर्भाकोट नगरपालिका-१४ गुमि घर भएका १९ वर्षीय निश्चल गुरूङ, नेपालगंज उपमहानगरपालिका-४ बसपार्क डेरा गरी बस्ने जाजरकोट जुनिचाँदे गाउँपालिका-७ घर भएका तेज मगर भन्ने २१ वर्षीय तेज बहादुर बिएम, नेपालगंज उपमहानगरपालिका-६ फुलटेक्रा बस्ने १७ वर्षीय किशोर, नेपालगंज महानगरपालिका-५ बसपार्क ठेगाना भएका १६ वर्षीय किशोर, नेपालगंज उपमहानगरपालिका-४ गणेशपुर बस्ने राप्ति सोनारी गाउँपालिका-१ कुसुम घर भएका १७ वर्षीय किशोर र नेपालगंज उपमहानगरपालिका-२ घरबारीटोल बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० घर भएका १६ वर्षीय किशोर रहेका छन् ।


राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय बाँके नेपालगंजमा कार्यरत प्रविण गत माघ २ गते नेपालगंज उपमहानगरपालिका-१८ स्थित खेतबारीमा मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरुलाई विभिन्न मिति र स्थानबाट प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।


यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..