सौतेला छोरीलाई जर्वस्जती करणी गरेको अभियोगमा पक्राउ

जनकपुर । छोरीलाई करणी गरेको अभियोगमा जनकपुरबाट एक जना पक्राउ परेका छन् । छोरीलाई जर्वस्जती करणी गरेको अभियोगमा पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ स्थित जबमुडाँडामा बस्दै आएका ४५ वर्षीय भोला यादव रहेको धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए । आरोपित भोला यादव छोरीको सौतेला बुवा हुन् ।

मंगलबार आरोपित यादवले छोरीकी आमालाई फोन गरी कोठामा गएर छोरीको हालत देखिस् भनेर भनेपछि कोठामा गएर हेर्दा आफ्नो छोरीको घाउचोट लागेको र अचेत अवस्थामा फेला परेको भनेर बालिकाकी आमाले महानगरीय प्रहरी वृत्त बौद्ध काठमाडौंमा निवेदन दिएकी थिइन् ।

युवतीकी आमाले भोला यादवले छोरीलाई जबर्जस्ती करणी पश्चात कुटपिट गरी घाइते बनाई भागेको हुँदा पक्राउ गरि कानून बमोजिम कारवाही गर्न महानगरीय प्रहरी वृतमा उजुरी दिएकी थिइन् ।

वृतको पत्र अनुसार खोजतलास गर्दा आज प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ स्थित रामानन्द चोकबाट नियन्त्रण लिई महानगरीय प्रहरी वृत बौद्ध काठमाडाँै पठाइएको प्रवक्ता मिश्रले बताए ।

हाल राष्ट्रिय ट्रामा सेन्टर काठमाडौँमा युवतीको उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..