ओलम्पिया वर्ल्ड स्कुलका दुबै सञ्चालकको अनुसन्धान प्रतिवेदन वकिल कार्यालयमा

काठमाडौं । ठगी आरोपमा पक्राउ गरिएका ओलम्पिया वर्ल्ड स्कुलका दुईजना सञ्चालकको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा पेश गरेको छ । पौने तीन करोड ठगी आरोपमा शनिवार स्कुलका सञ्चालक शिरिष खड्का र सुरेन्द्र महर्जनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो ।

शनिवार राती नै प्रहरीले उनीहरुलाई सुटुक्क रिहा गरेको छ । रिहापछि काठमाडौं प्रहरीले आईतबार नै अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरेको छ । ठगी मुद्दामा पक्राउ परेका खड्का र महर्जन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको आदेशपछि रिहा भएका हुन् ।

उनीहरुले स्कुलको नाममा कोटेश्वरमा रहेको दुई रोपनी १४ आना २ पैसा जग्गा कृष्णप्रसाद देवकोटलाई बेच्ने भन्दै ०७६ वैशाखमा बैना लिएका थिए । सो जग्गा पछि अर्को व्यक्तिलाई बेचेपछि देवकोटाले बैना फिर्ता मागे । तर, बैना फिर्ता नपाएपछि देवकोटाले महानगरीय प्रहरी परिसर काठमाडौंमा ठगीको जाहेरी दर्ता गराएका थिए । शिरिष न्याय परिषद्का सदस्य लक्ष्मीप्रसाद निराला खड्काका छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..