आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ


मकवानपुर । घआफ्नै श्रीमती ४६ वर्षीया श्रीमायाँ गोलेको हत्या गरेको अभियोगमा मकवानपुर गढी गाउँपालिका-२ भालङटार बस्ने ४६ वर्षीय देवराज गोलेलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

श्रीमायाँ सोमबार बिहान आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको घटनाको जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धान गर्ने क्रममा देवराजको संलग्नता खुल्न आएपछी उनलाई पक्राउ गरेको हो ।


यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..