नियोकको भूकम्प अनुगमन प्रतिवेदन सार्वजनिक

काठमाडौं । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले वि.सं.२०७२ बैशाख १२ गते र त्यस पछि आएका पराकम्पले क्षती पुगेको केही जिल्लाको दोस्रो चरणको अनुगमन गरी प्रतिवेदन प्रस्तुत गरेको छ । अनुगमन गरीएका जिल्लाहरुमा गोरखा, सिन्धुपाल्चोक र दोलखा रहेका छन ।

भूकम्पछि पीडितहरुको अवस्था बुझेर आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ । नियोकका सभापति सूर्यप्रसाद श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रा.डा.कुसुम श्रेष्ठले राख्नु भएको थियो । वि.सं.२०७३ पुस २९ गते शुक्रबार काठमाडौंको होटल एलो पेगोडामा एक समारोहकावीच आफ्नो प्रतिवेदन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव डा.सञ्जय शर्मा र नियोकका केन्द्रिय सभापति सूर्यप्रसाद श्रेष्ठद्धारा संयुक्त रुपमा सार्वजनिक गरिएको थियो ।

नियोकका तर्फबाट कार्यक्रम निर्देशक विकल श्रेष्ठले अनुगमनका क्रममा भूकम्पबाट पीडित भएका नागरिकहरुमा देखिएका समस्या र आवश्यकताको बारेमा समेटिएका सामाग्रीहरु प्रस्तुत गरिएको थियो । प्रतिवेदनमा तीन जिल्लाका भूकम्प पीडितहरुसँग प्रत्यक्ष भेटेर गुनासाहरु संकलन गरिएको उल्लेख गरिएको छ । गोरखामा १५ हजार, दोलखा २२०२२, सिन्धुपाल्चोकमा १४७४७ गुनासाहरु संकलन गरिएको बताइएको छ ।

यसै अवसरमा अनुगमनको लागि एनडिआइको सहयोग रहेको र कार्यक्रममा एनडिआइ नेपालका निर्देशक केन्जाले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो । प्रतिवेदनले उठाएका समस्याको बारेमा राष्ट्रिय पुननिर्माण प्राधिकरणकन सचिव डा.सञ्जय शर्माले प्रतिवेदनमा उठाइएका समस्यालाई आफुले सरकार समक्ष पेश गर्ने धारणा राख्नु भएको थियो ।

कार्यक्रममा केही समय अघि पुननिर्माण प्राधिकरणमा कार्यरत रामप्रसाद थपलिया, सशस्त्र प्रहरी वलका प्रहरी उपरिक्षक फणीन्द्रराज पौडेल, नियोक भक्तपुरका सभापति अकुरप्रसाद शर्मा न्यौपाने लगायतले प्रतिवेदनमाथि छलफलका क्रममा टिप्पणी गरेका थिए । नियोकका केन्द्रिय उपाध्यक्ष प्रा.डा.कपिल श्रेष्ठले कार्यक्रममा उठेका वियय बस्तु समेटने र सम्बन्धित निकायलाई जानकारी गराउँने प्रतिवद्धता समेत जाहेर गर्नु भएको उक्त कार्यक्रमको समापन गर्दै कार्यक्रमको उद्देश्यका बारेमा भनाई सभापति सूर्य प्रसाद श्रेष्ठले राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..