क्याटलान क्लब बार्सिलोनालाई हराउँदै बिल्बाओले जित्यो सुपर कपको उपाधि, मेस्सीलाई रातो कार्ड

एजेन्सी । क्याटलान क्लब बार्सिलोनामाथि रोमाञ्चक जित निकाल्दै एथ्लेटिक बिल्बाओले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा बार्सिलोनालाई ३-२ गोल अन्तरले पराजित गर्दै बिल्बाओले सुपर कपको उपाधि जितेको हो ।

बार्सिलोना उपाधि मुखमा पुगेर अन्तिम समय सम्हालिन नसक्दा बिल्बाओले उपाधि उचाल्यो । खेलको ८९औं मिनेटसम्म बार्सिलोना २-१ ले अघि थियो । ९० औं मिनेटमा बिल्बाओले गाेल गरेपछि ९० मिनेटको खेल २-२ मा सकिएकाे थियाे ।

त्यसपछि खेलमा ३० मिनेटको समय थपिएको थियो । थप समयमा बिल्बाओले तेस्रो गोल गर्दै सुपर कपकाे उपाधि जित्याे ।

बिल्वाओलाई च्याम्पियन बनाउन ओस्कार डि मार्काेस, एसिएर भिल्लालिब्रे र इनाकी विलियम्सले गोल गरे । बार्सिलोनाका लागि दुवै गोल एन्टोइन ग्रिजमनले गरेपनि उपाधिका लागि पर्याप्त भएन ।

बार्सिलोनाले खेलको ४०औं मिनेटमा एन्टोइन ग्रिजमनको गोलबाट अग्रता लिएको थियो । उनले कप्तान लियोनेल मेस्सीको पासमा गाेल गरेका थिए । तर, बार्सिलोनाको त्यो अग्रता लामो समय टिकेन । ४२औं मिनेटमा इनाकी विलियम्सको पासमा ओस्कार डि मार्काेसले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।

७७औं मिनेटमा ग्रिजमनले नै व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । उनले जोर्डी अल्वाको पासमा गोल गरेका थिए । ९०औं मिनेटमा सब्सिच्युट एसिएर भिल्लालिब्रेले इकर मुनिएनको पासमा गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याउदै अतिरिक्त समयमा लम्ब्याए ।

अतिरिक्त समयको तेस्रो मिनेट अर्थात ९३औं मिनेटमा इनाकी विलियम्सले इकर मुनिएनको पासमा गोल गर्दै बिल्वाओलाई ३-२ को अग्रता दिलाए । त्यसपछि दुवै टाेलीबाट गाेल हुन नसक्दा बिल्बाओ उपाधि जित्याे ।

बार्सिलोनाका कप्तान लिओनल मेस्सीले थप समयमा रातो कार्ड पाएका थिए । बिल्वाओका खेलाडीलाई हातले धकेल्दै लडाएपछि रेफ्रीले भिएआरको सहायता लिदै मेस्सीलाई रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए ।

बिल्वाओको यो तेस्रो सुपरकप उपाधि हो । यसअघि बिल्वाओले १९८४ र २०१५ मा उपाधि जितेको थियो । बार्सिलोनाले सर्वाधिक १३ पटक सुपरकपको उपाधि जितेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..