अमेरिकी राष्ट्रपति ट्रम्पका समर्थकद्वारा हिंसात्मक आक्रमणको जोखिम पचास वटै राज्यमा ‘हाई अलर्ट’

एजेन्सी । राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले पदभार ग्रहण गर्नुअघि हिंसात्मक प्रदर्शन हुन सक्ने आशङ्कामा अमेरिकाका सबै राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

बाइडनले बुधवार पदभार ग्रहण गर्दै छन् । बाइडेनको शपथ ग्रहणको तयारी अन्तिम चरणमा पुग्दै गएका बेला पराजित भएका राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले प्रदर्शन गर्न सक्ने भन्दै सुरक्षा व्यवस्थ कडा पारिएको हो ।

संसद्‌मा भिड पसेको दिन जस्तै हिंसात्मक प्रदर्शन नहोस् भनेर राजधानी वासिङ्टन डीसीमा न्याश्नल गार्ड्स परिचालन गरिएको छ । ५० वटै राज्यमा राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकले प्रदर्शन गर्न सक्ने सङ्घीय जाँच ब्यूरो एफबीआईले चेतावनी दिएको छ ।

जनवरी ६ मा बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्नका लागि सदनको संयुक्त सत्र जारी रहेका बेला हतियारसहित ट्रम्पका समर्थकले संसद भवनमा आक्रमण गरेका थिए । सो हिंसात्मक आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान गएको थियो ।

वासिंटन डिसीको नेशनल मल बन्द गरिएको छ । सुरक्षा व्यवस्था कडा बनाउनका लागि सडकहरुमा अवरोधहरु बनाइएको छ भने ठाउँ ठाउँमा प्लाइउडहरु ठोकिएको बीबीसीले जनाएकाे छ ।

शुक्रवार वासिङ्टन डीसीमा हतियार सहित एक जना पक्राउ परेका थिए। भर्जीनिया राज्यका ती व्यक्तिले बन्दुक र ५०९ राउन्ड गोली बोकेका थिए ।

भर्जिनियाका सांसद डन बेयरले खतरा बास्तविक रहेको भन्दै क्यापिटल हिल क्षेत्रमा नजान प्रेरित गरेका छन् ।

बाइडेनको समुहले सपथग्रहण समारोहका लागि वासिंटन डिसीमा यात्रा नगर्न सर्वसाधारणहरुलाई अपिल गरिसकेको छ । कोरोनाको महामारीको कारण देखाउँदै वासिंटन डिसी नआउन सुझाव दिइएको हो । स्थानीय अधिकारीहरुले सपथग्रहण समारोह भर्चुअल तरिकाले हेर्न प्रोत्साहित गरेका छन् ।

वासिङ्गटन डिसीमा राष्ट्रपति तथा उपराष्ट्रपतिमा निर्वाचित जो बाइडेन तथा कमला ह्यारिसको शपथग्रहणको तयारी भइरहँदा राष्ट्रपति ट्रम्प सार्वजनिक जिम्मेवारीबाट पर छन् ।

बाइडेनको शपथ ग्रहण समारोहमा सहभागी नहुने बताएका ट्रम्पले आफ्ना लागि रेडकार्पेट तथा २१ तोपको सलामीसहितको बिदाई कार्यक्रमको तयारी गरेको दाबीसहितका खबर अमेरिकी सञ्चारमाध्यमले प्रकाशित तथा प्रशारित गरेका छन् ।

बाइडेनले जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्दै छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..