यि हुन प्रधानमन्त्री ओलीको साइबर सेनापति: नेपाल सरकारका कर्मचारी

काठमाडौं । गुनगान गाएबापत प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कारस्वरूप नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक बनाएका गुरु भट्टराईले पदीय मर्यादा र सामाजिक हैसियतलाई नाघेर सामाजिक संजालमा लेखन थालेका छन् ।

सामाजिक संजालमा उनले आफू ओली समुहको साइबर सेनाको सेनापति भएको समेत लेखेका छन् । यसअघि पनि निकै पटक सामाजिक संजालमा अनर्गल लेखेर चर्चा र बिबादमा तानिएका भट्टराईले फेसबुकमा फेरि प्रचण्ड-नेपाल समुहलाई लक्षित गर्दै उनले तथानाम लेखेका छन् ।

नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’र माधवकुमार नेपालको नामै किटान गरेर उनले अपशब्द लेख्दै उनले पशुपतिमा गएर पशुपतिमा स्टल थाप्न र श्राद्ध गर्न भनेका छन् । त्यतिमात्र होइन उनले प्रचण्डलाई निचोरेर स्वर्ग पुग्ने नठान्न र उनलाई निचोर्दा मलमूत्र मात्रै आउने बताउँदै दिँदै प्रचण्डको आचि ग्रहण गर्न तयार रहनु माधव नेपाललाई उपदेश दिएका छन् । नेकपाका शीर्ष नेताहरूलाई तथानाम गाली र प्रधानमन्त्री ओली तथा बालुवाटार समूहको जय जयकार गर्दै सामाजिक सञ्जाल रंगाएवापत प्रधानमन्त्री ओलीले उनलाई रेल्वे कम्पनीमा नियुक्त गरेका थिए ।

भट्टराईको स्टाटसमा अर्को आश्चर्यको कुरा के छ भने उनी ओली पक्षले बनेको साइबर सेनाको सेनापति भएको बताएका छन् ।

केहिदिन अगाडी ओलीका प्रिय पात्र महेश बस्नेतले साइबर सेना बनाउने घोषणा गरेका थिए । त्यो स्टाटसको आधारमा महाप्रबन्धक भट्टराईलाई साइबर अपराधमा कारबाही अघि बढाउन नेकपाका नेताहरूले सम्बद्ध निकायलाई आग्रह गरेका छन् । नेकपाकै नेता वामदेव गौतमको सन्दर्भमा अध्यक्ष नेपाललाई जोडेर भट्टराईले लेखेका छन् ‘बाहुनकै छोरो हो, पशुपतिमा स्टल थाप्नुस्, दिनमा १०–१५ वटा श्राद्ध गर्ने मौका मिल्ला । माधव नेपालको राजनीति कमसेकम अब सकियो ।

यो साइबर सेनापति गुरु भट्टराईको ठोकुवा हो ।’ महाप्रबन्धक हुनुअघि पनि उनले यसैगरी प्रचण्ड-नेपाल समुहको हुर्मत लिनेगरी सामाजिक सञ्जालमा अपशब्द र अश्लिल भाषाको प्रयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..