अध्यक्ष प्रचण्डले पार्टीका सबैलाई लखेटे,विचरा डा.भट्टराई अहिले त धाेती कूर्ता लगाएर हिड्नुहुन्छ : प्रम ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का अध्यक्ष एवम्  प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिगतमा पार्टीका विभिन्न व्यक्तिलाई लखेटेको लखेटेकै गरेको आरोप लगाउनु भएको छ ।

अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक गुरु मोहन वैद्यलाई पनि त्यसैगरी लखेटेर लखेटेर पार्टीको बास मिलाई दिएको आरोप लगाउनु भयो ।

शनिबार काठमाडौंमा प्रधानमन्त्ती ओली समुहको प्रदेश १ भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड जुन पार्टीमा गएपनि त्यहाँ भाँडभैलो हुनो गरेको बताउनु भयो ।

अध्यक्ष प्रचण्डले डा. बाबुराम भटट्राईलाई पनि प्रयोग गर्नुसम्म गरेर अन्त्यमा लखेटेकाे प्रधानमन्त्री ओलीको भनाइ थियो । उहाँले प्रचण्डलाई खास ठाउँमा डा. लेखिएको व्यक्ति चाहिएको र पछि डा. न सा भनेकाे आरोप लगाउनु भयो ।

प्रधानमन्त्री ओलीले अहिले डाक्टर मान्छेले धोती कुर्ता लगाएर हिडिरहेको भन्दै व्यंग्य गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रचण्डलाई त्यतिबेला डा. लेखिएको मान्छे चाहिएको रहेछ, डा.पनि खास ठाउँको, खुब प्रयोग गरेपछि विचरा डा. न सा, अहिले त धाेती कूर्ता लगाएर हिड्नुहुन्छ उहाँ।’

त्यस्तै प्रचण्डले विप्लवलाई भने जंगलतिर लखेटेको आरोप लगाउनु भयो । तर आफूभने प्रचण्डसँग नहारेको प्रधानमन्त्री ओलीले जिकीर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..