प्रतिनिधि सभा विघटन प्रकरण : सर्वोच्चद्वारा वृहत् पूर्ण इजलास गठन अस्वीकार

काठमाडौं। प्रतिनिधि सभा विघटन विरुद्धको रिट सुनुवाइका लागि बृहत् पूर्ण इजलास गठन गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

शुक्रबार सुनुवाइका लागि बसेको संवैधानिक इजलासले बृहत पूर्ण इजलास गठनको माग अस्वीकार गरेको हो । १३ रिट निवेदकमध्ये १२ ले बृहत् पूर्ण इजलासको माग गरेका थिए ।

तर संवैधानिक इजलासले उक्त माग अस्वीकार गर्दै सोही इजलासले हेर्ने निर्णय गरेको सर्वोच्च अदालतले जनाएको छ ।

१३ वटै रिटमा माघ ४ गते आइतबारदेखि निरन्तर सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ 

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ 

सिरहा । सिरहा प्रहरीले जेएनजी आन्दोलनको क्रममा विभिन्न कारागारबाट फरार भएका तीन जना कैदि बन्दीहरुलाई भारतीय सीमाक्षेत्रबाट नियन्त्रणमा लिएको छ । जेएनजीको आन्दोलनको क्रममा कारागार..