पोखरा । स्वतन्त्र निर्वाचित भएर कुनै समय नेकपामा प्रवेश गरेका गण्डकी प्रदेशका सांसद दीपक मनाङ्गे बामदेव गौतमको राष्ट्रिय एकता जागरणमा जोडिएका छन् ।
माधव–प्रचण्ड र केपी दुवै गुटमा नरहेर उनी गौतमको लाइनमा गएपछि गण्डकी प्रदेश सरकारमा फेरि हलचल पैदा भएको छ ।


बामदेव लाइनमा प्रवेश गरेका मनाङ्गेका अनुसार पार्टी बिभाजनले कसैलाई फाइदा नहुने भन्दै आफूले मध्येमार्गी बाटो अपनाएको बताएका छन् । मनाङ्गेले पार्टीमा भएको बिवाद मिलाउन आफू पनि लाग्ने बताए ।
बामदेव गौतमले राष्ट्रिय जागरण अभियानमा लाग्न आब्हान गरेपछि आफू त्यतै लागेको मनाङ्गेले बताएका छन् ।
यता मनाङ्गेले धार परिवर्तन गरेपछि गण्डकी प्रदेशमा केपी गुटमा जम्मा २६ जना सांसद मात्र समर्थनमा रहेका छन् । मनाङ्गेको धार परिवर्तनले प्रदेश सरकारको फेरि दुई तिहाई गुमेको छ ।