प्रदेश सांसद मनाङ्गे गौतमलाइनमा , गण्डकी सरकारको दुई तिहाई गुम्यो

पोखरा । स्वतन्त्र निर्वाचित भएर कुनै समय नेकपामा प्रवेश गरेका गण्डकी प्रदेशका सांसद दीपक मनाङ्गे बामदेव गौतमको राष्ट्रिय एकता जागरणमा जोडिएका छन् ।

माधव–प्रचण्ड र केपी दुवै गुटमा नरहेर उनी गौतमको लाइनमा गएपछि गण्डकी प्रदेश सरकारमा फेरि हलचल पैदा भएको छ ।

बामदेव लाइनमा प्रवेश गरेका मनाङ्गेका अनुसार पार्टी बिभाजनले कसैलाई फाइदा नहुने भन्दै आफूले मध्येमार्गी बाटो अपनाएको बताएका छन् । मनाङ्गेले पार्टीमा भएको बिवाद मिलाउन आफू पनि लाग्ने बताए ।

बामदेव गौतमले राष्ट्रिय जागरण अभियानमा लाग्न आब्हान गरेपछि आफू त्यतै लागेको मनाङ्गेले बताएका छन् ।

यता मनाङ्गेले धार परिवर्तन गरेपछि गण्डकी प्रदेशमा केपी गुटमा जम्मा २६ जना सांसद मात्र समर्थनमा रहेका छन् । मनाङ्गेको धार परिवर्तनले प्रदेश सरकारको फेरि दुई तिहाई गुमेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..