बाराको नाकाहरुबाट खुलेआम भैंसी तस्करी हुँदै

बारा । प्रहरी निकायहरूले आ आफ्नो क्षेत्रमा कडा निगरानी बढाएको दाबी गर्दै आएपनी बारा जिल्लाको सीमा नाकामा पर्ने छतवा र मुसहर्वा नाकाबाट तस्करी कार्य सुचारू रहेको देखिन्छ । बारा जिल्लाको छतवा र मुसहर्वा नाका हुँदै दिनहु सयौ भैंसी अबैध तरिकाले नेपाल भित्रयाइ जितपुर बजारसम्म पुग्ने गरेको देखिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनीको सरूवा हुनासाथ सीमा नाका स्थित रहेको प्रहरी चौकीका प्रमुखहरू धमाधम कमाइ खान धन्दा बनाउनको निम्ति भैसीको लाइन नै दिएको बताइएको छ । सीमामा पर्ने छतवा, मुसहर्वाको साथ साथै इलाका प्रहरी कार्यालय गण्डक, इलाका प्रहरी कार्यालय परवानिपुर बुनियाद, इलाका प्रहरी कार्यलय जितपुरसम्म लाखौ मासिक नजराना बुझाए पश्चात् अबैध तरिकाले भैंसी तस्करीको कार्य फस्टाएको बुझिन्छ ।

प्रहरीले चाहे तस्करीको लाइन खुलाउन सक्ने चाहे बन्द गराउन सक्ने भन्ने शब्दलाइ यस घटनाले चरितार्थ समेत बनाएको छ । नेपाल प्रहरीका केही कर्मचारीले पैसा पाए बापत स्कटिङ्ग समेत गर्ने गरेको रहस्य खुलेको छ । सीमा नाकादेखी जितपुर बजारसम्म प्रहरीकै निगरानी र स्कटिङ्गमा भैसीलाइ पुर्याइने गरेको श्रोतको दाबी रहेको छ ।

आज बिहान करीब ६ बजेको समयमा निस्केको भैसीको बिषयमा सबै प्रहरी चौकीका कमान्डरलाइ भनेपनी वास्ता समेत नगरेको स्थानियले जनाएका छन । पछिल्लो दिनमा बन्द रहेको तस्करी पुन : एक्कासी सुरू हुनु माथिल्लो निकायको पनि मिलोमतो रहेको बिषयमा स्थानीयले औलाएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..