नेपाल पर्यटन बोर्डको सदस्य बन्न दौड

काठमाडौं । नेपाल पर्यटन बोर्डमा नयाँ बोर्ड सदस्यका लागि दौडमा नेकपाको ओली समूहका ठमेलका नेताहरू सक्रिय भएको खबर छ। २०७७माघ २ गते तीन जना बोर्ड सदस्यको कार्यकाल सकिदैछ । त्यसलगत्तै बोर्ड सदस्य नियुक्ति हुन दौडमा रहेका नेताहरू अहिले नयाँ पर्यटन मन्त्री भानुभक्त ढकालको च्याम्बरमा धाइरहेका छन् । ढकालको च्याम्बरसँगै प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाको च्याम्बरमा पुग्नेको संख्यामा ठूलै रहेको ठमेलतिर चर्चा हुने गरेको छ । तत्कालीन नेकपा एमालेको पर्यटन विभागको नेतृत्व सम्हालेको र व्यापक चिनजानका कारण पनि थापासम्म पुग्ने पर्यटन व्यवसायीहरूको संख्या ठूलो भएको हो । र, मन्त्री भानुभक्त ढकालभन्दा थापाको पर्यटन क्षेत्रमा बढी सम्पर्क भएका कारण अहिले थापालाई भेटेर बोर्ड सदस्य बन्न रहर गर्नेहरू दौडमा लागेकोखबर छ ।

अर्थमन्त्री विष्णु पौडेलसँग निकट सम्बन्ध भएका कारण अहिले पर्यटन व्यवसायी सिएन पाण्डे बोर्ड सदस्यका लागि दौडमा छन् । पाण्डे जसरी पनि अहिले बोर्ड सदस्य हुने भन्दै हिंडेको उनी निकटहरू बताउँछन् । त्यस्तै अहिले एनटीबी बोर्ड सदस्यका लागि चन्द्र रिजालको नाम पनि चर्चा आएको छ । हालै केन्द्रीय सदस्य मनोनित भएका रिजाल पर्यटन क्षेत्रका नेता पनि हुन् । व्यवसायी भन्दा बढी नेताका रुपमा चिनिएका रिजाल बोर्डको उपाध्यक्ष हुने गरी जाने तयारीमा रहेको चर्चा पर्यटन व्यवसायी बिच चर्चँ छ ।

बोर्डमा सदस्यमध्येबाटै उपाध्यक्ष नियुक्त गर्न सकिने व्यवस्था पनि रहेको छ । त्यसैआधारमा रिजाल उपाध्यक्ष बन्ने दौडमा रहेका कारण अहिले ठमेलमा खुबै चर्चा पनि हुने गरेको छ । रिजाललाई सूर्य थापाले लैजान लागेको चर्चा चलेका कारण रिजालको कन्र्फमजस्तै भएको टिप्पणी हुन थालेको छ । थापाको खास मान्छे भनेर पनि चर्चित छन् रिजाल । र, थापाले सिफारिस गरेको खण्डमा मन्त्री ढकालले पनि अस्वीकार गर्दैनन् । यता, पर्यटन मन्त्रालयको विज्ञ सल्लाहकारमा दीपकराज जोशीका नाम चर्चामा छ । जोशी नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी अधिकृत हुन् ।

अर्को समाचार अनुसार बोर्डका सिईओ धनञ्जय रेग्मीले बालुवाटारको सन्देश र संकेतका अधारमा काम गर्ने वचनवद्धता जनाएका छन् । पर्यटन मन्त्रीबाट योगेश भट्टराईले राजीनामा दिएपछि रेग्मीलाई बालुवाटारले दबाबमा राख्न थालेको हो । सुरुमै बालुवाटारले रेग्मीलाई ल्याउन चाहेको थिएन । तर, पर्यटन मन्त्री भट्टराईको अडानकै कारण रेग्मीले बोर्डको सिईओ हुने अवसर पाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..