बाघको छाला सहित एक जना पक्राउ


काठमाडौं । सतारकेश्वर नगरपालिका-९ मनमैजुबाट करिब ६ फिट २ ईन्च लम्बाई र १ फिट २ ईन्च चौडाई भएको दुर्लभ बन्यजन्तु बाघको १ थान छाला सहित सोही ठाउँ बस्ने लम्जुङ दुधपोखरी गाउँपालिका-२ घर भएका ५३ वर्षीय बृस राज घलेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त क्षेत्रमा प्रतिबन्धित दुर्लभ बाघको छाला अबैध रुपमा किनबेच गर्नको लागि लुकाई ल्याएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा राज घलेको कोठाबाट उक्त बाघको छाला फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि जिल्ला बन कार्यालय हात्तिसार, काठमाडौं पठाईएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..