कोरोना भाइरस पछि सञ्चारकर्मीहरुको दुर्घट्ना बिमा

विराटनगर । सञ्चारकर्मीहरुले जोखिमपूर्ण अवस्थामा काम गर्दै आएपनि उनिहरुको आर्थिक सुरक्षाका कुनै प्रत्याभूति नभएको अवस्था छ । यस्तो स्थितिमा सुनसरीका सञ्चारर्मीहरुको हितका लागि नेपाल प्रेस युनियन सुनसरीले दोश्राृ पटक निशुल्क बिमा गरिदिएको छ ।

यसअघि कोरोनाको जोखिमका लागि जिल्लाका २६० जना सञ्चारकर्मीको निःशुल्क बिमा गरेको प्रेस युनियनले सोही संख्याका सञ्चारकर्मीहरुको निःशुल्क दुर्घटना बीमा गरिदिएको छ । युनियनका सुनसरी जिल्ला अध्यक्ष पवन अधिकारीका अनुसार मंगलबार अजोड ईन्स्योरेन्स कम्पनी सुन्धारा काठमाण्डूमा इन्स्योरेन्सका कार्यकारी प्रमुख कुमारबहादुर खत्री संग दुर्घट्जना विमाको सम्झौता भएको छ ।

दोश्रो दुर्घट्ना बिमाको सम्झौता अनुसार एक वर्षसम्म बीमा गरेका सञ्चारकर्मीको दुर्घटनामा मृत्यु भएमा ७ लाख र दुर्घटनामा घाईते भएमा ७० हजार सम्म प्रदान गरिने उल्लेख गरिएको छ । अध्यक्ष अधिकारीका अनुसार यसअघि कोरोना बीमा गरेका पत्रकारहरुको दुर्घटना बीमा गरिएको हो । साथै युनियनले सुनसरीका सञ्चारकर्मीहरुको उपचारमा ५० प्रतिशत छुट गर्न विराटनगरको नोबेल अस्पतालसँग सम्झौता भएको उनले बताए ।

यसअघि प्रेस युनियनले निःशुल्क कोरोना बीमा गरिदिएको थियो । बिमा गरिएकामध्ये ३२ जनालाई संक्रमण भएकोमा २२ जनाको जनही १ लाखका दरले बिमा रकम आइसकेको छ । त्यस मध्यये १६ जना लाई उक्त रकम हस्तान्तरण भइसकेको छ । अधिकारीका अनुसार बाँकी ७ जनाको केही दिनमा रकम हस्तान्तरण गरिनेछ ।

बिमा रकम आउन बाँकी १० जनाको आउने प्रक्रियामा छ । युनियनले कोरोना बिमाका साथै कोरोना महामारीका विच सञ्चारकर्मीहरु लाई राहत पु¥याउन फुड बैँक पनि सञ्चालन गरेको थियो । उनका अनुसार दैनिक फिल्डमा खट्ने सञ्चारकर्मीहरुले आफ्नो परिचय खुल्ने परिचयपत्र उपलब्ध गराएपछि बीमाको प्रक्रिया अगाडि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..