प्रधानमन्त्री मोदीले ल्याएको तीनवटै कृषि कानूनमा रोक लगाउँदै सर्वोच्च अदालत

एजेन्सी । भारतमा सर्वोच्च अदालतले तीन वटा कृषि कानूनलाई रोक लगाउने भएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ल्याएको उक्त कृषि कानुनलाई रोक लगाउने भएको हो । यस बाहेक सर्वोच्च अदालतले आन्दोलनरत किसानहरूसँग कुरा गर्न चार जना सदस्य रहेको समिति पनि गठन गरेको छ।

प्रधानन्यायाधीश एसए बोब्डे, न्यायाधीशहरू एएस बोपना र भी रामासुब्रमण्यमको संयुक्त इजालसले आदेश नभएसम्मका लागि ती कानूनलाई निलम्बन गर्ने फैसला सुनाएको जनाएको छ । मुख्य न्यायाधीश एसए बोबडेले भने, ‘यी तीन कृषि कानूनको कार्यान्वयनलाई अर्को आदेश नभएसम्म प्रतिबन्ध लगाइनेछ।’

अदालत आफैले कृषि अर्थशास्त्री अशोक गुलाटी, हर्सिम्रत मान र प्रमोद जोशीलाई उक्त कमिटिका लागि सिफारिस गरेको छ । गठित उक्त समितिले आन्दोलनरत किसानहरुसँग वार्ता गरेर रिपोर्ट तयार पार्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..