सर्वोच्च अदालतमा प्रम ओलीले सेटिङ मिलाएर फैसला आफ्नो पक्षमा पार्न खोजे : प्रबक्ता श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ‌ओलीले सेटिङ मिलाएर फैसला आफ्नो पक्षमा पार्न खोजेको आरोप लगाएका छन्।

नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित वृहत कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता श्रेष्ठले ओली गुटका मानिसहरुले नै प्रधानमन्त्रीले असंवैधानिक कदम त चालेकै हुन् तर ‘सेटिङ’ मिलाएर आफ्नै पक्षमा फैसला गर्न बाटो बनाएको बताउने गरेको बताए।

संसद विघटनविरुद्ध करिब एक दर्जन बढी मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छन्।

कार्यक्रममा नेता श्रेष्ठले भने ‘ओलीका गुटका मानिस भनिरहेका छन्, यो असंवैधानिक त हो। संविधान विपरित त छ। तर, केपी बाले सेटिङ मिलाउनु भएको छ। सबै हाम्रो पक्षमा फैसला हुन्छ। निर्वाचन आयोगले पनि हाम्रै पक्षमा फैसला गर्छ।’

पार्टी प्रवक्ता समेत रहेका श्रेष्ठले अरुले जे भनेपनि आफू भने अदालतप्रति पूर्ण विश्वस्त रहेको स्पस्ट पारे। अदातलतले संविधानमै भएको व्यवस्था प्रयोग गरेर फैसला गर्ने भएकाले प्रतिनिधिसभा पुनस्स्थापित हुनेमा आफू विश्वस्त भएको उनले जिकिर गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..