प्रदेश २ का राज्यमन्त्री मण्डलले वनकै जग्गामा पक्की घरको गरे शिलान्यास, बालविवाह काण्ड ताजै


लहान । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले वनकै जग्गामा पक्की घर निर्माणको शिलान्यास गरेका छन् ।
यसअघि १४ बर्षीया बालिकालाई लाखौं रकम दिएर वालविवाह गराइदिएको काण्ड समाप्त नहुँदै राज्यमन्त्री मण्डलले वनकै जग्गामा जनता आवास अन्तरगतको पक्की घर निर्माण गराउँन थालेपछि स्थानीय आक्रोशित छन् ।

सिरहाको नरहा ३ स्थित रहेको जोभा प्राकृतिक सामुदायिक वनको करिब चार कठ्ठा जग्गा कब्जा गरी जनता आवासको पक्की घर विना नक्शाकै निर्माण गर्न पुस १५ गते राज्यमन्त्री मण्डलले शिलान्यास गरेका हुन । जहाँ वन ऐन ७६ को दफा ७ बमोजिम वनक्षेत्रमा कुनै किसिमको घर, टहरा, छाप्रो, पक्की घर निर्माण गर्ने गराउँने त्यस्ता व्यक्तिलाई ५ बर्ष कैद र १ लाख जरिवाना तोकिएको छ ।


वनको जग्गामा घर बनाउँने तथा बनाउँन लगाउँने मन्त्री होस तथा देशको जुनसुकै अधिकारीलाई वन ऐन अनुरुप कारवाहीको प्रक्रियामा ल्याउँन सरोकारवाला निकायमा उजुरी तथा मुद्दा दायर गर्नुपर्ने कानुन व्यवसायी गुमस्ता यादवले बताए ।


जोभा प्राकृतिक सामुदायिक वन नरहा ३ सिरहाका अध्यक्ष हरि यादवले यो वनक्षेत्रमा पक्की घर निर्माणको लागि राज्यमन्त्री सुरेश मण्डलले स्थानीय केही व्यक्तिलाई प्रोत्साहन गरिएको हो । यसलाई रोक्न प्रदेश २ सरकारमा डेलिगेशन गए । अहिलेसम्म ठोस प्रतिक्रिया आएको छैन अध्यक्ष यादवले बताए ।
यसवारे डिभिजन वन कार्यालय लहान सिरहाले मौनता साधेको छ भने वन अधिकृत सम्पर्कमा आउँन चाहदैनन् । वन अधिकृतिलाई पटक पटक सम्पर्क गरे उहाँ फोन उठाउँनु भएन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..