घर जाने एसएसपीहरू


काठमाडौ । प्रहरी महानिरीक्षक शैलेन्द्र थापा क्षेत्री र उनका व्याजीहरूको जागिरको कार्यकाल आजका मितिले १६ महिना २३ दिन बांकी छ। अर्थात थापा सहितका व्याजीहरू २०७९ बैशाख १८ गते अवकाश हुन्छन् ।

३० बर्षे सेवाअवधिका हिसाबले उनिहरू अवकाश हुन्छन् । एसएसपी देखि आइजिपी सम्म गरि १६ जनाले अनिवार्य अवकाश पाउँछन्। त्यसपछि अहिलेसम्मको हिसाबले एआइजिपी बिश्व पोखरेल आइजिपी बन्नेछन् । उनको समूहका आठ जना मध्ये चार जना अतिरिक्त महानिरीक्षक र बांकी चारजना पनि डिआइजिपीबाट अवकाश हुनेछन् ।

अहिले भएका सिनियर र बढुवामा छुटेका एसएसपीहरू भने दुई जना बाहेक अरू एसएसपीमा घर जाने स्थिति देखिएको छ। हालको नियम अनुसार एसएसपी र एसपीको उमेरको हद ५५ बर्ष रहेको छ। उमेरको यही हदका कारण एसएसपी दिलिप चौधरी ०७८ असार , सुशील कुमार यादव ०७८ असोज , हरिराज वाग्ले ०७८ असोज , पूजा सिह ०७८ माघ , बिक्रम चन्द ०७८ पुस , देव बहादुर बोगटी ०७८ बैशाख , राजेन्द्र चौधरी ०७८ भदौ , नर बहादुर खत्री ०७८ कार्तिक , महमद आलम खां ०७८ भदौ र किशोर दाहाल ०७८ मंसिरमा अवकाश हुन्छन् ।

अर्का एसएसपी प्रदिप कुमार श्रेष्ठ भने ०७९ बैशाख १८ गते आइजिपी र उनको समूह हरूसंगै अवकाश हुन्छन् भने मोहन आचार्य र नल प्रसाद उपाध्याय बांकी रहन्छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीमा ३० वर्षे सेवाअवधिको असर : एआईजी भएको २ दिनमै आईजिपी

प्रहरीमा ३० वर्षे सेवाअवधिको असर : एआईजी भएको २ दिनमै आईजिपी

गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एउटा एआईजीले आइजिपी बन्न र ३० बर्षे रोक्न २५ करोडको अफर गरे पछि सिंहको घर जाने मिति नजिकिएको हो..