घर जाने एसएसपीहरू


काठमाडौ । प्रहरी महानिरीक्षक शैलेन्द्र थापा क्षेत्री र उनका व्याजीहरूको जागिरको कार्यकाल आजका मितिले १६ महिना २३ दिन बांकी छ। अर्थात थापा सहितका व्याजीहरू २०७९ बैशाख १८ गते अवकाश हुन्छन् ।

३० बर्षे सेवाअवधिका हिसाबले उनिहरू अवकाश हुन्छन् । एसएसपी देखि आइजिपी सम्म गरि १६ जनाले अनिवार्य अवकाश पाउँछन्। त्यसपछि अहिलेसम्मको हिसाबले एआइजिपी बिश्व पोखरेल आइजिपी बन्नेछन् । उनको समूहका आठ जना मध्ये चार जना अतिरिक्त महानिरीक्षक र बांकी चारजना पनि डिआइजिपीबाट अवकाश हुनेछन् ।

अहिले भएका सिनियर र बढुवामा छुटेका एसएसपीहरू भने दुई जना बाहेक अरू एसएसपीमा घर जाने स्थिति देखिएको छ। हालको नियम अनुसार एसएसपी र एसपीको उमेरको हद ५५ बर्ष रहेको छ। उमेरको यही हदका कारण एसएसपी दिलिप चौधरी ०७८ असार , सुशील कुमार यादव ०७८ असोज , हरिराज वाग्ले ०७८ असोज , पूजा सिह ०७८ माघ , बिक्रम चन्द ०७८ पुस , देव बहादुर बोगटी ०७८ बैशाख , राजेन्द्र चौधरी ०७८ भदौ , नर बहादुर खत्री ०७८ कार्तिक , महमद आलम खां ०७८ भदौ र किशोर दाहाल ०७८ मंसिरमा अवकाश हुन्छन् ।

अर्का एसएसपी प्रदिप कुमार श्रेष्ठ भने ०७९ बैशाख १८ गते आइजिपी र उनको समूह हरूसंगै अवकाश हुन्छन् भने मोहन आचार्य र नल प्रसाद उपाध्याय बांकी रहन्छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..