कालाकोटधारीको लाइसेन्स रद्द

काठमाडौं । नेपाल कानून व्यवसायी परिषदले एक अधिवक्ताको प्रमाणपत्र रद्द गरेको छ । एक वरिष्ठ अधिवक्तासहित ७ लाई नसिहत दिइएको छ ।

परिषदले अधिवक्ता गुणराज निरौलाको प्रमाणपत्र रद्द गरेको हो । ६३१७ प्रमाणपत्र नम्बरका निरौला उच्च अदालतको बार एकाईमा आबद्ध रहेको परिषद्ले जनाएको छ ।

वरिष्ठ अधिवक्ता रामेश्वर सुवेदीलाई नसिहत दिइएको छ । सुवेदी प्यूठान बार एकाईमा आबद्ध थिए ।

त्यसैगरी अधिवक्ताहरू प्रमोदकुमार सुवेदी, रमेशकुमार रिमाल, बाबुराम रेग्मी, अरबिन्दकुमार झा, सुधा रिजाल र संजयराज अधिकारीलाई नसिहत दिएको छ ।

परिषद्ले यसबारे सर्वोच्च अदालतलाई जानकारी गराएको छ । जानकारी पाएलगत्तै सर्वोच्चले त्यसबारे सार्वजनिक सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..