कालाकोटधारीको लाइसेन्स रद्द

काठमाडौं । नेपाल कानून व्यवसायी परिषदले एक अधिवक्ताको प्रमाणपत्र रद्द गरेको छ । एक वरिष्ठ अधिवक्तासहित ७ लाई नसिहत दिइएको छ ।

परिषदले अधिवक्ता गुणराज निरौलाको प्रमाणपत्र रद्द गरेको हो । ६३१७ प्रमाणपत्र नम्बरका निरौला उच्च अदालतको बार एकाईमा आबद्ध रहेको परिषद्ले जनाएको छ ।

वरिष्ठ अधिवक्ता रामेश्वर सुवेदीलाई नसिहत दिइएको छ । सुवेदी प्यूठान बार एकाईमा आबद्ध थिए ।

त्यसैगरी अधिवक्ताहरू प्रमोदकुमार सुवेदी, रमेशकुमार रिमाल, बाबुराम रेग्मी, अरबिन्दकुमार झा, सुधा रिजाल र संजयराज अधिकारीलाई नसिहत दिएको छ ।

परिषद्ले यसबारे सर्वोच्च अदालतलाई जानकारी गराएको छ । जानकारी पाएलगत्तै सर्वोच्चले त्यसबारे सार्वजनिक सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..