कृष्णनगरमा मुख्यमंत्री पोखरेल लाई बुझाइयो ज्ञापन पत्र

  • रवि प्रकाश कसैधन

कृष्णपुर । लुम्बिनी प्रदेशका मुख्यमंत्री माननीय शंकर पोखरेल हिजो कपिलवस्तु जिल्लाको कृष्णनगर भंसारनाका अवलोकन गर्नुभयो ।
राजनीतिक दलका नेता, कार्यकर्ता, व्यापारी, उद्योगी, कर्मचारी लगायत संग भेटघाट तथा छलफल गर्नुभयो ।


भेटघाट तथा छलफलका क्रममा राष्ट्रीय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य श्याम कुमार मिश्रको नेतृत्वमा प्रेम शंकर शुक्ल लगायतको टोलीले यहि पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रीय एकता दिवसको अवसरमा नेपाल सरकार द्वारा भव्यरूपमा मनाउन र उक्त दिन सार्वजनिक विदा घोषणा को माग गर्दै माननीय मुख्यमंत्री शंकर पोख्रेल लाई ज्ञापन पत्र बुझाएका छन् ।


साथै कृष्णनगरको लिंकगेटमा निर्माणाधीन रहेको प्रवेश द्वार कार्य पुरा गर्न रकम निकाला गर्न समेत प्रवेश द्वार निर्माण समितिले ध्यानाकर्षण गराएको थियो ।


अक्त छलफल मा व्यापारी लगायत अन्यले आ – आफ्नो समस्याको बारेमा ध्यानाकर्षण गराएको ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..