सेनापति थापाद्वारा बढुवा भएका उपरथीलाईदर्ज्यानी चिन्ह प्रदान


काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले बढुवा भएका उपरथीलाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् । पौष १५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी डा. देवेन्द्र बहादुर खत्रीलाई आज प्रधानसेनापति थापाले जङ्गी अड्डामा दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक उपरथी डा. देवेन्द्र बहादुर खत्रीलाई सैनिक स्वास्थ्य महानिर्देशनालयमा माहानिर्देशकको रुपमा पदस्थापन गरिएको छ । नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नती भएका १ जना महा-सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..