एक्सनमा एसपी बस्नेत : नक्कली कागज बनाएर ठगी गर्ने ठूलो गिरोहको पर्दाफास,६ जना पक्राउ

जनकपुर । किर्ते कागजात बनाएर ठगी धन्धा संचालन गर्ने ठूलो गिरोहको पर्दाफास भएको छ । ठूलो संख्यामा किर्ते कागजात तयार गर्ने उपकरण तथा कागज सहित प्रहरीले जनकपुरबाट गिरोहलाई पक्रन सफल भएको हो ।

जनकपुर उपमहानगरपालिका–९ स्थित सिटि प्यालेस गेष्ट हाउस एण्ड फ्याम्ली रेष्टुरेन्टमा बिहीवार साँझ सरकारी कागज दस्तखत छाप किर्ते गरी नक्कली कागजातहरु तयार गरिरहेको अवस्थामा प्रहरीले उक्त गिरोहलाई पक्राउ गरेको हो ।

धनुषा प्रहरीका अनुसार सिआइबीको नक्कली परिचयपत्र, नक्कली पेस्तोसल, स्टाम्प, बैँकका चेक, प्रहरीको ब्याच लगायतका समान सहित प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको हो । ती मध्ये पक्राउ गरिएको चार जनालाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी शुक्रवार सार्वजनिक गरेको छ ।

गेष्ट हाउसमा खानतलासीको क्रममा भारत विहार अररिया जिल्लाका फबिसगंज घर भई विराटनगर उपमहानगरपालिका– १ बस्ने २७ वर्षीय समिर साहको कपडाको सुटकेस ब्यागमा नेपाल प्रहरी, केन्द्रिय अनुसन्धान व्युरोबाट जारी भएको भनिएको नक्कली प्रमाणपत्र परिचयपत्र, सोही कार्यालयको छाप लगायत विभिन्न कार्यालयको छापहरु समेत फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दैजाँदा गिरोहको पर्दाफास भएको हो । प्रहरीले साहलाई सोधपुछ गर्दैजँदा अन्य ५ जनालाई समेत पक्राउ गरिएको धनुषाका प्रहरी उपरिक्षक ( एसपी ) रमेश बस्नेतले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा महोत्तरीको भंगहा नगरपालिका ९ बस्ने २१ वर्षीय आदित्य कुमार यादव, जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३० वर्षीय चन्दन साह र वडा नम्बर २ बस्ने ५० वर्षीय रामचन्द्र साह रहेका छन् ।

बरामद भएका दशिहरु:- १. विभिन्न बैंक तथा कार्यालयहरुको स्टाम्प थान-४० २. नेपाल प्रहरी केन्द्रीय अनुशन्धान ब्युरो CENTRAL INVESTIGATION BUREAU (CIB) JOINING LETTER(CIB) लेखिएको प्रमाण पत्र थान १ ३. PRABHU BANK को नगद जम्मा भौचर खालि थान १ ४. SIDDHARTH BANK, गरिमा विकास बैंक, लिमिटेड, MEGA BANK ,PRABHU BANK मा समिर साहको नाममा नगद जम्मा गरेको भौचर थान १/१ गरी थान ४ ५. NABIL BANK को CASH DEPOSIT SLIP थान १ ६. NABIL BANK को DESCRIPTION SLIP थान १ ७. नेपाल रेल्वे कम्पनी लिमिटेड जनकपुरधाम धनुषा आवेदन फारम पत्र थान ३

८. SUNIL RAUT को नाममा जारी भएको स.चा.अ. प. को प्रतिलिपी थान १ ९. MEGA BANK NEPAL LIMITED समिर साहको नाममा जारी ACCOUNT नं. 2130050007237 को खालि चेक बुक थान १ १०. SIDDHARTHA BANK मा SAMIR SHAH को नाममा खाता नं. 02018239100 को चेक बुक थान १ ११. गरिमा विकास बैंक लिमिटेडको खाता नं. 09711900853932000001 SAMIR SAH को नाममा जारी चेक बुक थान १ १२. PRABHU BANK मा SAMIR SAH को खाता नं. 0530161825100011 बाट जारी चेक बुक थान १ खालि चेक थान २ १३. PRABHU BANK बाट SAMEER SAH को नाममा जारी 2020-11-19 मा जारी भएका चेक र ACCEPTED LETTER सहित चेक ३ थान र LETTER ३ थान १४. CIB बाट ANIKET RAMAN PASWAN को नाममा जारी भएका CONGRATULATIONS LETTER थान १

१५. सादा कागजमा ADITYA SHAH को नाममा SAMEER SHAH ले सही गरेको कागज पाना २ १६. माछापुच्छ्रे बैंक लिमिटेडको UMESH KUMAR CHAUDHARY को नाममा नगद चेक जम्मा बौचर थान १ १७. MEGA,PRABHU BANK,SIDDHARTHA BANK, को ATM १/१ गरी थान ३ १८. E-sewa माछापुच्छ्रे बैंकको PAYMENT RECEIPT थान २ १९. डायरी थान २ रंग खैरो ,निलो २०. PILOT PEN थान १ २१. PENCIL थान १ २२. रातो रंगको स्टाम्प पैड थान ३ बिग्रेको अवस्थामा । २३. पलास्टिको पेस्तोल थान-३

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

संकटको बेला नेपाल प्रहरीको फरक भूमिकामा

संकटको बेला नेपाल प्रहरीको फरक भूमिकामा

काठमाडौं । प्रहरीको मुख्य काम शान्ति सुरक्षा र अपराध अनुसन्धान हो । तर, अहिले कोरोना महामारीको बेला प्रहरी फरक भूमिकामा देखिएको छ ।कोरोना संक्रमणको महामारी..