काठमाडौं । नेपाल प्रिमियर लिग (.एनपीएल) मा बिहीबार जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई आठ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित क्रिकेट मैदानमा काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा दुई विकेटको क्षतिमा सहजै पूरा गरेको हो।
जनकपुरका लागि मोइन अलीले अर्धशतक प्रहार गरे। यसअघि, पहिलो खेलमा जनकपुर कर्णाली याक्ससँग पराजित भएको थियो भने काठमाडौंले पहिलो खेलमा हारको स्वाद चाखेको छ ।


