काठमाडौं । परिचालित तथा व्यक्तिगत रिसइबीका आधारमा कर्तव्यनिष्ठ प्रहरी नेतृत्वको सामाजिक प्रतिष्ठामा आँच पुग्ने गरी निराधार आरोप लगाउनु दुःखद र खेदजनक छ।
कानुनबमोजिम सबैलाई न्याय दिलाउन प्रतिबद्ध रहँदै विभिन्न कालखण्डमा आफैँ फिल्डमा खटिएर मुलुकमा शान्ति–सुरक्षा कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका प्रहरी महानिरीक्षक दानबहादुर कार्की कानुनी शासनप्रति प्रतिबद्ध, सभ्य व्यवहार र आत्मीय मुस्कानका साथ प्रस्तुत हुने तथा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रहरी नेतृत्वका रूपमा परिचित हुनुहुन्छ।
आफ्नो कार्यक्षमतामार्फत संगठन र आम नागरिकको विश्वास जित्न सफल प्रहरी नेतृत्वमाथि तथ्यहीन आरोप लगाउनु तथा व्यक्तिगत प्रतिशोधलाई राजनीतिक रंग दिन खोज्नु उचित होइन। कुनै पनि आरोपको मूल्याङ्कन तथ्य, प्रमाण र कानुनी प्रक्रियाका आधारमा हुनुपर्छ, न कि व्यक्तिगत पूर्वाग्रह वा राजनीतिक स्वार्थका आधारमा।
व्यक्तिगत प्रतिशोधभन्दा माथि कानुनी शासन, निराधार आरोपभन्दा माथि सत्य र पूर्वाग्रहभन्दा माथि तथ्य स्थापित हुनु आवश्यक छ।


