सबै दोष सरकार र नेताहरूको टाउकोमा थाेपार्न पाइँदैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै दोष सरकार र नेताहरुको टाउकोमा थुपार्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन्।

मंगलबार सानेपामा आयोजित देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यापरी र उद्योगपतिले आफूले केही नगर्ने अनि दोष जति सरकारलाई दिने गरेको बताए।

‘व्यापार गर्ने व्यापारीले हो। उद्योग चलाउने उद्योगपतिले हो, समस्या केही छ भने भन्नुहोस् न मलाई आएर। के गर्नुपर्ने हो सरकारले गर्न तयार छ। तर सबै कुराको दोष नेताको टाउकोमा राख्न पाइँदैन नि,’ उनले भने, ‘आफूले पनि गर्नुपर्यो नि। आफूचाहिँ केही नगर्ने अनि हामीलाई दोष दिने? व्यापार सरकारले गर्दैन। उद्योग सरकारले खोल्दिँदैन्। उद्योग खोल्नुहोस् व्यापार गर्नु आफूले गर्न नसकेको दोष त सरकारलाई दिनुभएन नि।’

त्यस्तै सभापति देउवाले कांग्रेस र एमाले मिलेर संयुक्त सरकार बनेपछि देशको अर्थतन्त्रमा सुधार आएको दाबी गर्दै कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिको महत्त्वपूर्ण उद्देश्य अर्थतन्त्रलाई चलायमान बनाउनु रहेको स्मरण गरे।

उनले मूल्यवृद्धिलाई नियन्त्रणमा ल्याएर जनताको पक्षका काम गर्न कांग्रेस प्रतिबद्ध रहेको धारणा राखे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..