धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध एक करोड बिगोसहित भ्रष्टाचार मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनी विरुद्ध एक करोड ८ लाख ३८ हजार तीन सय २ रुपैयाँ बिगोसहित मुद्दा दायर गरेको अख्तियारले जनाएको छ। सोडारी कैलाली ४(१) बाट एकीकृत समाजवादीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन्।सोडारी २०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।
उनी २०७४ माघदेखि २०७५ कात्तिकसम्म प्रदेशको सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा समेत थिए। त्यस्तै उनी २०७८ जेठ १४ गतेदेखि २०७९ मंसिरसम्म प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए।


