‘भ्यालेन्टाइन डे’ मनाउन भन्दै कोठामा बोलाएर नाबालिगमाथि सामुहिक बलात्कार, एक किशोर पक्राउ

लहान । सिरहाको लहानमा ‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर ४/५ जना किशोरले नाबालिगलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

लहान नगरपालिका २ स्थित अरुण यादवको कोठा भाडामा लिएर बस्दै आएका १८ वर्षीय निकेश यादवले १५ वर्षीया नाबालिगलाई बलात्कार गरेका हुन् । बलात्कृत बालिकाको अवस्था गम्भीर छ । बलात्कार आरोपी किशोरलाई लहान प्रहरीले पक्राउ गरेको छ ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेका अनुसार बुधवार दिउँसो करिब २ बजे अरुणले कोठामै बालिकालाई बलात्कार गरेको थियो । पीडित परिवारले राति १२ बजेमा घटनाबारे जानकारी गरायो । लगत्तै प्रहरीले आरोपी अरुणलाई नियन्त्रणमा लिएको छ ।

बलात्कृत बालिका अत्यधिक रक्तश्राव भएर बेहोस भएकी थिइन् । उनलाई आफन्तले बुधवार साँझ उपचारका लागि प्रादेशिक अस्पताल लहान लगेको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल हस्पिटल लगिएको छ ।

बलात्कृत बालिका पनि सुखिपुरकै छिन् । लहानमै अध्ययनरत बालिका पनि कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । अरुणले ‘भ्यालेन्टाइन डे’ मनाउन आफ्नो कोठामा बोलाएर सामुहिक बलात्कार गरेको बुझिएको छ ।

प्रहरी प्रवक्ता पाण्डेले बलात्कृत बालिकाको अवस्था अहिले सामान्य रहेको कुरा उनकै आफन्तले बताएको जानकारी दिए । उनले भने, ‘अरुणले बालिकालाई ललाइफकाई कोठामा लगेको थाहा पाएको छु । थप अनुसन्धान भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..