आइएमई इलेक्ट्रिकले ल्यायो हालसम्मकै बढी रेन्ज दिने ई-स्कुटर


काठमाडौं। आइएमई इलेक्ट्रिकले नेपालमा ल्याएको सबैभन्दा बढी रेन्ज दिने इलेक्ट्रिक स्कुटर राफ्ट इन्दस फुल चार्जमा ३२० किलोमिटर चल्न सक्छ। यसलाई कम्पनीले नेपाली बजारमै सबैभन्दा बढी रेन्ज दिने इलेक्ट्रिक स्कुटर भएको जनाएको छ।यसलाई हाल भृकुटी मण्डपमा चलिरहेको इभी नेपाल एक्सपो २०२२ मा अवलोकन र टेस्ट राइड गर्न सकिने कम्पनीले जनाएको छ।


स्कुटरमा किलेस स्टार्ट, थेफ्ट अलार्म, रिभर्स गियर, डिजिटल डिस्प्ले, इन्डिकेटर बजर, अटोमेटिक चार्जर कट- अफ, १० एम्पियर फास्ट चार्जिङ, पोर्टेबल ब्याट्री, ३ ड्राइभिङ मोड आदि फिचर छन्। त्यसैगरी रिमोट लकिङ र रिजेनेरेटिभ ब्रेकिङ सिस्टम लगायतका विशेषता समेत उपलब्ध छन्।


१३५ एएचको लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग भएको सो स्कुटरको ब्याट्रीमा १ लाख किलोमिटर वा ३ वर्ष सम्म वारेन्टी उपलब्ध भएको कम्पनीको भनाइ छ।राफ्ट इन्दस १ हजार र २ हजार वाट मोटर गरी दुई मोडलमा उपलब्ध छ। १ हजार वाटको इन्दसले सिंगल चार्जमा ३२० किलोमिटर र २ हजार वाटको इन्दसले ३०० किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ।


१ हजार वाट क्षमताको राफ्ट इन्दसको मूल्य ४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। २ हजार वाट क्षमताको राफ्ट इन्दसको मूल्य ५ लाख २९ हजार रुपैयाँ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..