अब अनलाइन सञ्चारमाध्यममा पनि चुनावको विज्ञापन गर्न पाइने

काठमाडौं । निर्वाचन प्रयोजनका लागि राजनीतिक दल तथा उम्मेदवारले अनलाइन सञ्चारमाध्यमबाट पनि विज्ञापन गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले मंसिर ४ मा हुने संघ र प्रदेशसभा सदस्य निर्वाचनका लागि अनलाइन सञ्चारमाध्यमबाट पनि विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने निर्णय गरेको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १५ मा राजनीतिक दल वा उम्मेदवारसमेतले पालना गर्नु पर्ने सञ्चार माध्यमको प्रयोग सम्बन्धी आचरणअन्तर्गत राजनीतिक दल वा उम्मेदवारले टेलिभिजन, रेडियो वा एमएम रेडियो तथा पत्रपत्रिकाको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था छ ।

तर, अनलाइन सञ्चार माध्यमबाट प्रचारप्रसार गर्ने सम्बन्धमा स्पष्ट उल्लेख नभएकोले सो सम्बन्धमा स्पष्ट गरी आयोगले राजनीतिक दल वा उम्मेदवारले निर्वाचन आचारसंहिता, २०७९ को अधीनमा रही प्रेस काउन्सिलमा सूचिकृत भएका अनलाइन सञ्चार माध्यममा निर्वाचन प्रचारप्रसार गर्न पाउने निर्णय गरेको हो ।

के-के प्रशारण गर्न पाइन्छ ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..