सशस्त्र प्रहरीद्वारा लागुऔषधसहित दुई पक्राउ

धनुषा। लागूऔषधसहित धनुषाबाट दुई जना युवक पक्राउ परेका छन् । सशस्त्र प्रहरी धनुषाले शुक्रबार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा लागूऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा धनुषाधाम नगरपालिका–५ गोदार बस्ने १८ वर्षीय संन्तोष यादव र सोही ठाउँका २१ वर्षीय महबुद खान रहेका छन्। प्रहरीले उनीहरुको साथबाट नाइट्रोभ्याट २० पत्ता, नाइट्रोसन ५ पत्ता, स्पाजमो प्राँक्सीवोन प्लस १२ पत्ता र एक्सीप्लोन सय एमएल १९ बोत्तल बरामद गरेको छ ।

उनका अनुसार प्रहरीलाई प्राप्त गोप्य सूचनाको अधारमा महिनाथपुरबाट खटिएको शसस्त्र प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २–०२–००३ प ८३०८ नम्बरको रातो रंगको डिस्कभर मोटरसाइकललाई रोकी चेकजाँज गर्दा यादवले बोकेको बोराभित्र लागूऔषध फेला परेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..