सशस्त्र प्रहरीद्वारा भन्सार छलेर ल्याएको एक करोडको चिनी र चामल बरामद


रुपन्देही । रुपन्देहीका दुई स्थानमा भन्सार छलेर ल्याइएको ठूलो परिमाणको चिनी र चामल सहित दुई वटा ट्रक सशस्त्र प्रहरीले बरामद गरेको छ ।


दुई वटा ट्रकमा ल्याइएको ६ सय ३८ बोरा चिनी र सय बोरा चामलसहित २ वटा ट्रक बरामद गरेको सशस्त्र प्रहरी बल नं. २७ गण हेड क्वाटर रुपन्देहीले जनाएको छ ।ट्रकसहित बरामद सामानको बजार मुल्य १ करोड ३८ हजार ५०० रुपैयाँ रहेको गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमप्रकाश सिग्देलले बताए ।

सिग्देलका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ मसिना हुलाकी मार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ४१२९ नम्वरको ट्रकलाई अन्डर बिलिङ्ग भएको आशंकामा जाँच गर्ने क्रममा भारतबाट भन्सार छली अवैध रुपमा ल्याएको चिनी फेला परेको थियो ।

ट्रकका चालक प्युठानको माण्डवी गाउँपालिका ३ नयाँगाउँका विनोद थापालाई पक्राउ गरेर कारबाहीका लागि राजश्व कार्यालय बुटवलमा पठाइएको सिग्देलले बताए । रुपन्देहीकै ओमसतिया गाउँपालिका वडा नं. ४ बसन्तपुरस्थित हुलाकी मार्गबाट भैरहवातर्फ जाँदै गरेको ना ३ ख ६३२७ नम्वरको ट्रकबाट पनि चिनी बरामद भएको सूचना अधिकारी सिग्देलले बताए । उक्त ट्रकका चालक भने फरार भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..