लागुऔषधसहित बाँकेमा एक जना पक्राउ


बाँके । सशस्त्र प्रहरीले नेपालगञ्ज भन्सार कार्यालय अगाडिबाट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।सशस्त्र प्रहरीको जमुनाहा बिओपीबाट भन्सार कार्यालयको अगडि चेक प्वाइन्टमा खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक तिलक बहादुर मगर कमान्डको टोलीले आज बिहान ६ बजे भारतको रुपईडिहाबाट नेपालगञ्ज आउँदै गरेका नेपालगञ्ज १८ का २७ बर्षीय सुदिप महतरालाई ब्राउनसुगर र विभिन्न लागूऔषधसहित नेपालगञ्ज १६ भन्सार कार्यालय अगाडिबाट पक्राउ गरेको सशस्त्र प्रहरी बिओपी जमुनाहा बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाले जानकारी दिएका छन् ।

शंकास्पद तरिकाले नेपालगञ्जतर्फ आउँदै गरेका महतरालाई सशस्त्र प्रहरीको चेक जाँचका क्रम उनले बोकेको झोलाबाट १ ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ, इन्जेक्सनबाट दिइने तरल पदार्थ ४ सिसी, नगद ६६१० रुपैयाँ, नागरिकता, पासपोर्ट र एक थान मोबाइल बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक बुढाले बताए ।

बरामद गरिएका लागुऔषध र पक्राउ परेका महतरालाई आबश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको बुढाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..