स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठ्यो : काउन्सिल

काठमाडौं । प्रेस काउन्सिल नेपालले निर्वाचनका समयमा पत्रकार तथा पत्रकार सम्बद्ध सङ्घ संस्थाका गतिविधिले स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठेको जनाएको छ ।

आज विशेष अपिल जारी गर्दै कतिपय पत्रकार, पत्रकार सम्बद्ध पेसागत सङ्घ–सङ्गठनका जिम्मेवार पदाधिकारी समेतबाट स्वतन्त्र मतदातालाई प्रभावित पार्ने गरी अभिव्यक्ति दिनेक्रम नरोकिँदा स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठेको जनाएको हो । काउन्सिलले पत्रकार र सम्बद्ध संस्थालाई सचेत गराउँदै यस्तो कार्य नगर्न/नगराउन आग्रह गरेको हो ।

“पत्रकार एवम् पत्रकारितासँग सम्बन्धित संस्थाले यसप्रकारका स्टाटस राख्ने, विज्ञप्ति/अपिल जारी गर्ने या अभिव्यक्ति दिने, यो वा त्यो दलको पक्ष विपक्षमा पत्रकार पत्रकारबीच नै विभिन्न माध्यमबाट वाद–प्रतिवाद गर्ने कार्यले पत्रकार आचारसंहिताको ठाडो उल्लङ्घन भएको छ ।”

जारी विज्ञप्तिमा भनिएको छ, “यस्ता कार्यले स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठाएका हुँदा यस्तो कार्य नगर्न/नगराउन, प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रेस काउन्सिल नेपाल सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ता (पत्रकार)हरूलाई सचेत गराउँदछ ।”

आचारसंहिता प्रतिकूलता समाचार र समाचार–सामग्री सम्प्रेषण गर्ने सञ्चार माध्यम र सामाजिक सञ्जालबाट आचार संहिताविपरीत सामग्रीहरू ‘अपलोड’ गर्ने पत्रकारलाई पत्रमार्फत ध्यानाकर्षण, सचेत, निर्देशन गर्दै आएको भन्दै काउन्सिलले पटक पटक प्रेस विज्ञप्ति, अपिलमार्फत आचारसंहिता पालनामा गम्भीर बन्न अनुरोध गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..