भरतपुर महानगरमा रेनुलाई जिताउनु कांग्रेसको कर्तव्य : सभापति देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकामा रेनु दाहाललाई जिताउनु कांग्रेसको कर्तव्य रहेको बताएका छन् । विहीबार चितवनको भरतपुरमा आयोजित चुनावी सभामा बोल्दै सभापति देउवाले रेनु दाहाललाई जिताउन कांग्रेसको कर्तब्य रहेको बताएका हुन् ।

भरतपुर महानगरमा रेणु दाहाललाई जिताएपछि गठबन्धन बलियो हुने बताउँदै यसमा कांग्रेसले कुनै बखेडा झिक्न नहुने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘उहाँले जितिसक्नुभएको छ । हाम्रो पार्टीले कुनै बखेडा गर्दैन । रेनु दाहालजीलाई चितवनमा जिताउने कांग्रेसको झन् कर्तव्य हुनेछ । कुनैपनि शंका नहुने स्थितिबाट सहयोग गर्नुपर्छ ।’

भरतपुरको हरेक गल्लीमा कालोपत्रे भएको बताउँदै सभापति देउवाले थप भनेका छन्, ‘बेरुजु नभएको महानगरको मेयर हो रेनुजी । बेरुजु पूरै फछर्योट भएको छ । हरेक गल्ली कालोपत्रे भएको छ । स्मार्ट सिटी बनाउने घोषणा गर्नुभएको छ ।

काठमाडौंभन्दा महँगो भइसक्यो भरतपुर । अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन खोजिरहनुभएको छ । अन्तर्राष्ट्रिय कन्फरेन्स हल बनाउन खोज्नुभएको छ । यो सानो कुरा होइन । उहाँले जित हाँसिल गरिसक्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..