सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिकामा एमालेका तर्फबाट उपाध्यक्षकी उम्मेदवार मन्जु नेपाल भण्डारी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।
सुनकोशी गाउँपालिकामा एमाले र माओवादीबीच तालमेल भएपछि शुक्रबार उनको उपाध्यक्षको उम्मेदवारी फिर्ता लिइएको थियो । उपाध्यक्षबाट उम्मेदवारी फिर्ता लिएपछि उनले शनिबार पार्टीबाट अलग भएको विज्ञप्ति निकालेकी छन् । शनिबारै उनी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । उनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीमा स्वागत गरेका छन् ।
प्र्रदेश कमिटीले निर्णय गरेको उम्मेदवारलाई कुनै पनि छलफलमा नगराई जबर्जस्ती उम्मेदवारी खारेज गरिएकोमा भण्डारीले आक्रोस प्रकट गर्दै पार्टी परित्याग गरेकी थिइन् ।
सुनकोशी गाउँपालिकामा भण्डारीको उम्मेदवारी फिर्ता गराई माओवादी र एमाले गठबन्धनम गरेका छन् । एमालेका टपेन्द्र तिमिल्सिनालाई अध्यक्ष र माओवादीका तर्फबाट उपमेयर दुर्गा थापा हुनेगरी सहमति गरिएको छ ।


