सशस्त्र महानिरीक्षक केसीद्वारा कामु एसएसपीलाई दर्ज्यानी चिन्ह


काठमाडाैं ।सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले प्रहरी उपरीक्षक (एसपी) बाट कामु प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा भएका ७ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । बुधबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित विशेष समारोहमा केसीले उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

महानिरीक्षक केसीले बढुवा भएका एसएसपीहरुलाई बधाई दिनुका साथै संगठनमा रहेर आफ्नो नियुक्तिका क्षेत्रमा इमान्दारिपूर्वक जिम्मेवारी निर्वाह गरी शान्ति सुरक्षा तथा सेवा प्रवाहमा पुर्‍याएको योगदानको कदर स्वरुप बढुवा भएको उल्लेख गर्दै जिम्मेवारी निर्वाहमा अझ क्रियाशील रहँदै कार्यसम्पादनमा जुट्न निर्देशन दिए ।


नेपाल सरकारको गृहमन्त्री स्तरको मंगलबारको निर्णयले सशस्त्र प्रहरी सेवा प्राविधिक समूह स्वास्थ्यतर्फ डा. मिना कुँवर जोशी र डा. सुरेन्द्रमान श्रेष्ठ, सशस्त्र प्रहरी सेवा प्राविधिक समूह संचार तथा ईन्जिनियरिङ्गतर्फ ई. प्रमोद कुमार साह त्यसैगरी सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ उद्धव बहादुर न्यौपाने, राजेन्द्र खड्का र नरेन्द्र सेन तथा सशस्त्र प्रहरी सेवा, साधारण समूह, कानून उपसमूहतर्फ युवराज अर्याल कामु एसएसपी पदमा बढुवा भएका थिए ।


समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..