बर्दिबास । सशस्त्र प्रहरी बलले लागुअाैषध गांजा बरामद गरेको छ। सशस्त्रको छिन्नमस्ता बाहिनीबाट खटिएको स्क्वार्ड टिमले महाेत्तरीकाे मनरा सिसुवा गाउँ पालिका ३ सुनाैला गाउँबाट ९३ किलो गांजा बरामद गरेको बाहिनीका प्रमुख डिआइजी गणेश ठाडा मगरले जानकारी दिए।
ना ३ ख ७९३५ नम्बरको ट्रकमा गांजा छ भन्ने सुचनाकाे अाधारमा खटिएको टाेलीले ट्रक चालक धादिङका रमेश तामाङलाई समेत पक्राउ गरि कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय महाेत्तरीमा बुझाएको छ।


