सशस्त्र प्रहरी निरीक्षक डा. आस्था श्रेष्ठलाई सेवाबाट हटाइँदै

काठमाडौं । गृह मन्त्रालयले प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा. आस्था श्रेष्ठलाई सेवाबाट हटाउने चेतावनी दिएको छ ।
नेपाल एपिएफ अस्पताल बलम्बु दरबन्दी रहे पनि बिदा स्वीकृत नगराई लामो समयदेखि अनुपस्थित रहेको भन्दै गृहले सार्वजनिक सूचना जारी गरेर सेवाबाट हटाउनेगरी विभागीय कारबाही गर्न लागिएको जानकारी दिएको हो ।


उनी १२ फागुनदेखि कार्यालयमा आएकी छैनन् ।
सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११३ को उपनियम (१०) को खण्ड (ज) मा ‘बिदा स्वीकृत नगराई लगातार १५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा’ भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ व्यवस्था छ ।

गृहले श्रेष्ठलाई ७ दिनभित्र सफाइ पेश गनए पनि भनेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..